काठमाडौं
३ चैत्र । गायिका बबिना भट्टराईले नयाँ गीत “टुना मुना“ सार्वजनिक गरेकी छिन् । सो गीत गायिकाले स्वर मात्रै भरेकी छैनन् । भिडियोमा नाचेकी पनि छिन् ।
युवा र युवतिको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत समेत बबिना भट्टराईको नै रहेको छ ।
गीतमा बबिना संगै बैकुण्ठ प्रधानको स्वर रहेको छ । महाराज थापाले संगीत संयोजन गरेको गीत नकुल कार्कीले रेकर्ड गरेका हुन् ।
बबिना सङै बुद्धि तामाङ फिचर्ड गीतको भिडियो प्रकाश खड्काको समुहले खिचेको हो । भिडियोमा केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । माया प्रेम समेटिएको गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया