१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा खानेपानी नआए टेलिफोन गरेर खबरदारी गर्न सकिने



ललितखबर
४ चैत्र । सुख्खा मौसम सुरु भयो । यो बेला धारामा भनेजति पानी आउदैन । कतिपय ठाँउमा खानेपानीको हाहाकार नै हुन्छ ।
खनेपानीको समस्या समाधानका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले ललितपुरमा सम्पर्क व्यक्ती तोकेको छ ।
लिमिडेटले ललितपुरको चापागाँउ,टिकाभैरव झरुवाराशी,ठेचो, सुनाकोठी, ढोलाहिटीको समस्या समाधानका लागि विवेक गुप्तालाई खटाएको छ ।
ललितपुरको फर्सीडोल,चुनिखेल, खोकना, बुङमती। मगरगाँउ,नख्खु, पुलपारी र भैसेपाटीलगायतको क्षेत्रको खानेपानीको समस्या समाधान गर्न राममणी बोगटीलाई जिम्मा दिएको छ ।
ललितपुर महानगरको पाटन क्षेत्रमा पर्ने वडाहरु १,२, ३,४, १०,१३, १८,२१, २२, २५ वडाको समस्या धनन्जयकुमार हाथी र ५,६,७, ८,९,११, १३, १६,१७,१९, २० वडाको समस्या महेन्द्रकाजी महर्जनले हेर्नेछन् ।
केयुकेएलले पानी चुवावट र धारामा पानी नआउदा खबर गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : ५७ बजे