४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘उपहार’ अमेरिकामा प्रदर्शन



५ चैत । । २५ फागुनबाट नेपालमा प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ विदेश प्रदर्शन शुरु भएको छ । फिल्मले विदेश प्रदर्शन अमेरिकाको कोलोराडो राज्यबाट शरु गरेको कार्यकारी निर्माता बलराम शाही ठकुरीले बताए ।

ठकुरीका अनुसार फिल्मको पहिलो शोमा हाउस फुल भएको छ । शो नपाएर कतिपय दर्शक फर्किएका थिए । दर्शकको मागलाई मध्यनजर गर्दै त्यहाँ १९ मार्चमा अर्को शो राखिएको छ ।

त्यस्तै अमेरिकाको विभिन्न राज्यमा पनि फिल्म प्रदर्शनको पहल भैरहेको छ । ‘उपहार’ नेपालमा भने दोस्रो सातामा प्रदर्शनरत छ । अभिनेत्री रेखा थापाको ५ वर्षपछि निर्माण तथा अभिनयमा कमब्याक रहेको फिल्ममा रेखा थापाका अलवा पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।