काठमाडौं
९ चैत्र । आजबाट देशभर चलचित्र महाजात्रा प्रर्दशन सुरु भएको छ । चलचित्रहरु ‘जात्रा’ र ‘जात्रैजात्रा’को सफलतापछि निर्देशक तथा लेखक प्रदिप भट्टराईले सिक्वेल सफतला ह्याट्रिकका लागि ‘महाजात्रा’ बनाएका हुन् ।
मंगलबार राजधानीमा आयोजित चलचित्रको प्रिमियरमा चलचित्रकर्मी र शुभेच्छुकको ‘राम्रो’ प्रतिकृया पाएको यस चलचित्र शनिबार र होलिको विदाको छेको पारेर प्रर्दशन सुरु भएको हो ।
देशभर २५० हाराहारीमा हल पाएको यस चलचित्रको धेरैजसो हलमा टिकट बिक्रि भइसकेको बताइन्छ । अघिल्ला चलचित्रको सफलता चलचित्रमा हरिबंश आचार्यजस्ता चर्चित हास्य कलाकारको अभिनय हेर्न दर्शक प्रतिक्षा गरेर बसेका थिए ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्यदेव, राजाराम पौडेल, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे, अर्जुनजंग शाही, मोहन निरौला लगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्माता कलाकार रविन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।
चलचित्रमा कालोधन लुकाउन चलचित्रका फडिन्द्र तिमल्सिना,जोयस र मुन्नाभाईको रमाइलो हर्कत हेर्न पाइन्छ । चलचित्रले धेरै ठाँउमा हसाँउछ भने कतिपय ठाँउमा भावुक बनाउछ । चलचित्रमा हरिबंश आचार्य पुण्यप्रसाद उपाध्याय पात्रको रुपमा भष्ट नेताको अभिनय गरेका छन् ।
चलचित्रलाई षट्कोण आर्ट्सको ब्यानरमा निर्माता म्याक्स दीपेश खत्रीले निर्माण गरेका हुन् ।
चलचित्रको विभिन्न देशको प्रर्दशन अधिकार निर्माण पक्षले बिक्रि गरिसकेको बताइएको छ ।
प्रतिक्रिया