१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जावलाखेलको फुटवल मैदानमा फेरि व्यापार मेला,खेलाडीलाई अभ्यासमा बाधा



पाटन (ललितपुर)
 १५ चैत । ललितपुरको जावलाखेलस्थित खेलकुद मैदानमा फेरि व्यापारीहरुले मेला सञ्चालन गर्ने भएपछि खेल अभ्यासमा खेलाडीहरुलाई अवरोध हुने भएको छ ।
चैत २२ देखि २६ गतेसम्म ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा जावलाखेलमा पाँचदिने ललितपुर इन्टरनेशनल ट्रेड एक्सो हुने भएको हो ।
नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्ने भन्दै ‘मेड इन नेपाल’को नारा दिएर मेला हुँदैछ ।
जावालाखेल युथ क्वलले व्यवस्थापन गर्दै आएको यस चौरमा मेला आयोजना गर्न क्लव र नगरपालिकालाई कर बुझाउनु पर्छ ।
एक खेलाडीले नाम नबताउने शर्तमा फुटवल ग्राउण्डमा पटक पटक मेला आयोजना गर्दा नियमित अभ्यासमा अवरोध हुने गुनासो गरे ।
यसअघि यस फुलवल मैदानमा जुत्तामेला, च्याउ एक्सो र पुष्पमेला भइसकेको छ । फुलवल मैदानलाई व्यापारीकरण गर्न खोजिएको भन्दै सरोकारवालाहरु समेत असन्तुष्ट रहेको बुझिएको छ ।
अन्तर्राष्ट्रियस्तरको ट्रेड एक्सपो गर्न लागिएको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले जानकारी दिदै इभेन्ट कम्पनीमार्फत मेला गर्न लागिएको भन्दै थप जानकारी नभएको ललितखबरसँग बताए ।
अध्यक्ष शाक्यले एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, साउथ कोरियालगायतका देशमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी सामानको प्रदर्शनी हुने बताए ।
करिब रु ६० लाख खर्च लाग्ने अनुमान गरिएको सो एक्सपोलाई ललितपुर महानगरपालिकाले रु १० लाख उपलब्ध गराएको अध्यक्ष शाक्यले जानकारी दिए
एक्सपोमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका उद्यमी व्यवसायीले पनि आफ्नो उत्पादनलाई प्रदर्शनी गर्नसक्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
महानगरपालिकाको उद्योग तथा पर्यटन समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले यस एक्स्पोले सार्क राष्ट्रबीचको कला, संस्कृति र रितीरिवाज आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले यस एक्स्पोले ललितपुरका साथै नेपालको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  १ : ५४ बजे