२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको चन्दनपुरमा मोटरसाइकलले थिचिएर मृत अवस्थामा रमेशप्रसाद बजगाई फेला



१६ चैत्र । दक्षिण ललितपुरको चन्दनपुरमा मोटरसाइकल दुर्घटनामा भएको अवस्थामा एक स्थानीय फेला परेका छन् ।
टुंगुन प्रहरी चौकी गोटीखेलका प्रहरी सहायक निरिक्षक राजेन्द्र शाहका अनुसार ललितपुर महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित सडकमा कालेश्वर बतासेडाँडाबाट चन्दनपुर गैरीगाउँ फर्केको गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल चालक ५२ वर्षीय रमेश प्रसाद बजगाईको मृत अवस्थामा फेला परेका हुन् ।
उनी गएको राती साडे १ बजे सोही ठाँउमा सडक नजिकै मोटरसाइकलले थिचेर मृत भएको अवस्थामा फेला परेको प्रसनी शाहले बताए ।
उनको शव घटनास्थलमा देखेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । राती अबेरसम्म पनि घर नआएपछि मोवाइलको घण्टीको संकेतको आधारमा फेला परेको प्रहरीको भनाई छ । घटनास्थल घरको नजिकै १ किलोमिटरमा रहेको र सडकनजिकै खाडलमा थिचिएको अवस्थामा फेला परेको घटनालाई उदृत गर्दै प्रसनी शाह दुर्घटना भएको आशंका रहेको ललितखबरसँग बताए । उनले भने महानगरिय प्रहरी बृत्त चापागाँउको टोलीले घटनास्थलको मुजुल्का गरेर शव लगको छ ।
प्रहरीका अनुसार उनका घटनास्थलमै मृत्यु भएको थियो ।

उनका अनुसार श्री बाघ भैरव मा वि महाँकाल गाउँपालिका उनी श्री बाघ भैरव मा वि महाँकाल गाउँपालिका ४ ,कालेश्वरमा कार्यरत शिक्षक हन् । घटनास्थलमा हेल्मेटमा बमिट गरेको अवस्थामा उनको शव भेटिएको थियो ।

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १ : २८ बजे