५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको हात्तीवनमा आगलागीमा परेर मृत्यु भएका मानिस काभ्रेका ठकुरी रहेको खुलासा



२५ चैत्र । ललितपुरको हात्तीवनमा आगलागीमा परेर मृत्यु भएका पुरुष काभ्रेका राजु ठकुरी रहेको खुलासा भएको छ ।
शनिबार विहान आगलाीमा परेर एक पुरुष मृत्यु भएको अवस्थामा फेला परे पनि उनी को हुन् भन्ने खुलेको थिएन ।
ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो
मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएसँगै उनको परिचय खुलेको हो ।
ललितपुर प्रहरीका अनुसार मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
तर पछि मृतकका आफन्तले शव सनाखत गरेको प्रहरीले खुलासा गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।