ललितखबर
२८ चैत्र । राजधानीको सुन्धारास्थित एक चलचित्र भवनमा चलचित्र रेड सुटकेश हेर्ने कलाकार,पत्रकार, सञ्चारकर्मी तथा निर्माण पक्षका शुभेच्छुकहरुको भीड थियो ।
हलमा कलाकारहरु निर शाह,करिष्मा श्रेष्ठ,विपिन कार्की,प्रविण खतिवडा, नेताहरु अशोक राई,रघुजी पन्त, साहित्यकार विप्लव प्रतिकलगायत सहभागी थिए ।
चलचित्र हेरेपछि सबैले उत्कृष्ट मौलिक नेपाली बनेको प्रतिकृया दिए । कलाकार निर शाहले चलचित्रमा ध्वनिको राम्रो प्रयोग गरिएको भन्दै प्रशंसा गरे । ‘अडियोग्राफीको दृष्टिकोणले चलचित्रहरु मध्येकै उत्कृष्ट चलचित्र बनेको छ ।’ उनले भने ।
साहित्यकार विप्लव प्रतिकले शाश्त्रिय चलचित्र निर्माण भएको प्रतिकृया दिए । यस्तो चलचित्र नेपालका लागि अनि विश्वका लागि आवश्यक रहेको उनको भनाई छ । ‘अकल्पनिय सुन्दर चलचित्र बनेको छ’ उनले भने । यो समयमा यस्तो राम्रो चलचित्र बन्ने आफूले अपेक्षा नगरेको उनले बताए ।
अभिनेत्री मिरुना मगरले चलचित्र नहेरेको भए चलचित्रको उत्कृष्ट नमूना छुटाउने रहेछु भन्दै चलचित्रको राम्रो पक्षको तारिफ गरिन् । चलचित्रको सन्देश सबै नेपालीहरुका लागि सान्दर्भिक रहेको उनको भनाई थियो । उनले भनिन्, ‘सबै नेपालीहरुले यो चलचित्र हेर्ने हो भने नेपाली चलचित्र प्रति हेर्ने दृष्टिकोण उच्चस्तरमा पुग्छ ।’ यो चलचित्र एकपल्ट सबै नेपालीलाई हुर्नुपर्ने अभिनेत्री मगरले सुझाव दिइन् ।
चलचित्रमा अभिनय गरेका कलाकार विपिन कार्कीले नेपाली दर्शकसँग बसेर चलचित्र हेर्दा हेर्दा भिन्न र अपनत्व महसुस भएको प्रतिकृया दिए । कतार विश्वकपको लागि श्रम गर्न गएका नेपालीहरुको शव नेपाल फर्केको अनुभव सुनाउदै नेपालीहरुले सोच्न बाध्य हुने विषयमा चलचित्र निर्माण भएको उनले बताए ।
अभिनेत्री करिष्मा श्रेष्ठले अरु चलचित्रभन्दा भिन्न लागेको बताइन् । यस्ता चलचित्र आफूले पनि पाए हुन्थ्यो भन्ने इच्छा जागेको बताइन् ।
निर्देशक फिडेल देवकोटाले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विपिन कार्की, सौगात मल्ल, प्रविण देवकोटा,श्रृष्टि श्रेष्ठलगायतको अभिनय छ ।
कतारमा श्रम गर्न गएका युवा घर फर्कन आतुर रहेको र उनको जीवनको फरक अवस्था चलचित्रमा देखाइएको छ । श्रम गर्न गएका युवाको रातो सुटकेशमाथि बनेको कथा चलचित्र जादुमय यतार्थबादी विद्या (म्याजिकल रियालिष्टिक जनरा)मा चलचित्र निर्माण गरिएको छ ।
चलचित्रको प्रिमियरमा अभिनेत्री श्रृष्टि श्रेष्ठ र सौगात मल्ल भने सहभागी थिएनन् ।
प्रतिक्रिया