२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘कोञ्ज्योसोम गाँउपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा वाल श्रमशोषण’



ललितखबर
१० वैशाख । कोञ्ज्योसोम गाँउपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रममा वालश्रम शोषण भएको छ ।
कोन्ज्योसोम गाउँपालिका ४ नं वडा नल्लु कोरिडोरमा केही बालवालिकाहरुलाई काममा लगाइएको छ ।
कक्षा ७ देखि ९ सम्म बढ्ने वालवालिकाहरु कार्यक्रममा सहभागी गराइएको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।
उनीहरुको श्रव्यदृश्य सामाजिक सञ्जालमा राखेर स्थानीयहरुले सचेत गराउदा समेत श्रम शोषण नरोकिएको एक स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिए ।
नेपालको कानून अनुसार १८ बर्षभन्दा कम उमेरका वालवालिकाहरुलाई श्रममा लगाउन पाइदैन । सरकारी स्तरबाटै वालवालिकाहरुलाई काममा लगाउदा समेत वडा कार्यालयले अनुगमन गरेर रोकेको छैन ।
कोञ्ज्योसोम ४ नल्लुका वडाध्यक्ष तीर्थमान घलानले काममा लगाइएका व्यक्तिहरु १८ बर्ष माथि रहेको ललितखबरसँग दावी गरे । यद्यपी काम गर्ने वालवालिकाहरु स्यवम्ले नै म १६ बर्ष म १७ बर्ष भन्दै बोलेको सुनिन्छ । उनीहरु कलिलो उमेर र साना साना देखिन्छन् ।
वडाध्यक्ष लामा विरोधिहरुले गलत प्रचार गरेको आरोप लगाए ।

 

 

 

 

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०२ बजे