२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी टाहखेलस्थित अख्तियारले अनुसन्धान गरिरहेको विवादास्पद रंगशालामा उपत्यकाव्यापी फुटवल खेल हुने



ललितखबर
१० वैशाख । गोदावरी नगरपालिकाले कानून विपरित केन्द्र सरकारको अधिनमा रहेको वन हडपेर निर्माण गरेको रंगशालामा उपत्यकाव्यापी अन्तर नगरपालिका मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही वैशाख १५ गतेबाट सुरु हुने प्रतियोगितामा उपत्यकाका १४ वटा नगरपालिकाले सहभागिता जनाउने टुंगो लागेको बताइएको छ । प्रतियोगिताका लागि नगरपालिकाले २५ लाख बजेट समेत विनियोजन गरेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।
गत २०८० वैशाख १४ गते गोदावरी सरोकार नागरिक समूहले झ्यालुण्टार सामुदायिक वन क्षेत्रमा केन्द्र सरकारको अनुमती विना रंगशाला निर्माण गरेको भन्दै उजुरी दिएको थियो । सामुदायिक वन केन्द्र सरकारको अधिन रहेको अवस्थामा मन्त्रीपरिषदबाट स्थानीय निकाय गोदावरी नगरपालिकामा जग्गा प्राप्तीपछि मात्रै वन क्षेत्रमा विकाश निर्माणको काम गर्नु पर्नेमा नगरपालिकाका मेयर गजेन्द्र महर्जनको एकलौटी निर्णयबाट बन क्षेत्रमा ढुंगा निकालेर रंगशाला निर्माण गरेको भन्दै समूहले उजुरी दिएको थियो ।


उजुरीपछि अहिले सो ठाँउका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेको अवस्थामा नगरपालिकाले निर्माण अघि बढाई जर्वजस्ती खेलकुद प्रतियोगिता संचालन नै गर्न लागेको हो ।
विकास निर्माणका काम गर्न आईईई गरेर मात्रै सुरु गर्नु पर्ने प्रावधानलाई समेत नगरपालिकाले पुरा नगरेको बताइएको छ ।
उजुरीपछि हाल अख्तियारले सो रंगशालाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।
विकास निर्माणका लागि वनको कडा कानून रहेपनि नगरपालिकाले वेवास्ता गर्दै जर्वजस्ती रंगशाला अस्थायी रुपमा निर्माण गरेर प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
रंगशालामा घाँसे मैदान निर्माण गरिएको छैन । प्यारापिलतलगायतको संंरचना पनि बनाइएको भने छैन ।
केही दशकअघि पूर्णलाल नाम गरेका व्यावसायीले झ्यालुण्टारस्थित वन क्षेत्रमा ढुंगा खानी सञ्चालन गरेका थिए । स्थानीय बासिन्दाले बन मासिएको पर्यावरणमा असर परेको भन्दै आन्दोलन गरेपछि सो खानी बन्द भएको थियो । बन्द गरिएको खानीको सामुदायिक बनको ढुंगा उत्खनन गरेर बिक्रि गरेको भन्दै गोदावरी नागरिक सरोकार समूहले उजुरी हालेको हो ।
विगत ४ बर्षदेखि यस ठाँउमा रंगशाला निर्माण गर्ने भन्दै ढुंगा उत्खनन गरेर बिक्रि गरेको सरोकार समूहको आरोप थियो ।
बन्द खानीबाट रंगशाला निर्माण गर्ने भन्दै हजारौं थाती रहेकों टिप ढुंगा बिक्रि गरिएको सथानीयहरु बताउछन् ।
‘ढुंगा खानीलाई रंगशालाको योजना अगाडि सारे पनि योजना देखाएर रंगशाला बनाउनुको सट्टा अवैध ढंगाले ढुंगा उत्खनन गर्दै राज्य स्रोतको दोहन गरेको’ भन्दै कारबाहीको माग राखिएको उजुरीमा उल्लेख गरिएको थियो ।
अख्तियार अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको रंगशाला मर्मत गरेर खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको सन्दर्भमा नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता मिलन सिलवालले अनुसन्धान भइरहे पनि खेलकुद प्रतियोगिता आयोजना गर्न कुनै बाधा नपर्ने दाबी गरे । उनले केन्द्र सरकारको अनुमती नपाएको पुष्टी गर्दे भोगाधिकार नगरपालिकामा ल्याउने प्रकृया अघि बढाइएको स्वीकार गरे ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनले रंगशाला निमार्णका क्रममा ढुंगा बिक्री नगरिएको जिकिर गरे । यद्यपी गत दुईबर्षदेखि रंगशाला निर्माण क्षेत्रको ढुंगा बिक्रि गरेर भ्याटबील समेत नेपाल सरकारलाई बुझाइएको थियो । मेयर महर्जनले नगरपालिका संलग्न रहेर ढुंगा बिक्रि नगरेको पत्रकार सम्मेलनमा बताएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  १२ : ५१ बजे