२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टिकाथलीको खेलौना कारखानामा आगलागी र तीन टहरा जलेर नष्ट



१२ वैशाख । ललितपुरको महालक्ष्मी ५ टिकाथलीमा एक खेलौना कारखानामा आगलागी हुँदा तीन टहरासँगै लाखौंको सरसामान जलेर नष्ट भएको छ ।
प्र्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित सर्लाही घर भएका मानबहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी मानबहादुर बुढाथोकीको टहरामा ग्यास लिक भई मंगलबार दिउँसो आगलागी सुरु भएको थियो ।
आगलागी फैलिएर संगै रहेको बिरेन्द्र सिंह दनुवारको टहरा, रौतहत घर भएका बिक्रम यादबको टहरा र उदयपुर कटारी घर भएका हुँदा ३ वटै टहरा र मान बहादुरको कपासको खेलौना बनाउने कारखाना समेत जलेर नष्ट भएको हो । आगलागीका कारण करिब १९ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताइको छ ।
आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ८ : २८ बजे