२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पत्रकार महासंघ ललितपुरमा समस्यै समस्या



ललितखबर
१४ वैशाख । नेपाल पत्रकार महासंघको जिल्ला शाखा ललितपुरमा समस्या नै समस्या देखिएको छ ।
ललितपुरमा शुक्रबार आयोजित महासंघको १४ औं अधिवेशन तथा साधारणसभामा सरोकारवाला बक्ताहरुले महासंघका विविध समस्याका विषयमा चर्चा गरे ।
प्रेस चौतारी ललितपुरका अध्यक्ष वालमुकुन्द आचार्यले पत्रकार महासंघ ललितपुरका पदाधिकारीले सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमा भेदभाव गरेको आरोप लगाउदै ललितपुरमै जन्मेर पत्रकारिता गरिरहेका पत्रकारलाई सदस्य बन्न बन्देज लगाइएको तर ललितपुरबाहिरबाट उपत्यका आएर पत्रकारिता गर्नेहरुले सदस्यता पाएको भन्दै आपत्ती जनाए ।
पे्रस युनियन ललितपुरका अध्यक्ष केदारनाथ दाहालले पार्टी सम्बद्ध भातृ संगठन रहेको प्रेस सेन्टर, प्रेस युनियनलगायतको नाम लिन छोडेर साचिक्कै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता दिनु पर्ने बताए । उनले शुद्धिकरणको मापदण्डमा असहमती जनाउदै पत्रकारिता गरिरहेका पत्रकारहरुलाई मापदण्ड लाग्ने तर अरुलाई मापदण्डले नछुने अवस्था देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
जिल्ला शाखाका पुर्वअध्यक्ष ज्ञानप्रसाद न्यौपाने स्थानीय सञ्चार माध्यमहरू मुलधारमा संञ्चारमाध्यमहरुको छायामा परेको अवस्थामा महासंघको जिल्ला शाखाले कुनै भूमिका नखेलेको आरोप लगाए ।
पुर्वअध्यक्ष न्यौपानेले स्थानीय निकायबाट लोककल्याणकारी विज्ञापन वितरण गर्नु महासंघले समन्वयकारी भुमिका खेल्दै पहल गर्न सुझाए ।
नेपाल पत्रकार महासघका पुर्वमहासचिव उजिर मगरले ललितपुर पत्रकार महासंघमा आवद्ध पत्रकारहरुले ललितपुरको मुद्दाहरु उठान नगरेको, ललितपुरका समाचारहरु संचारमाध्यमहरुमा नल्याएको आरोप लगाए ।
पुर्वमहासचिव मगरले महासंघमा आवद्ध पत्रकारहरुले टिकाभैरवको राजकुलो, पाटन दरवार, कान्ति लोकपथ,खोकनाको फास्टट्याकजस्ता विषयमा कलम चलाउने आवश्यक रहेको भनाई राखे ।

उनले आफू बाग्लुङबाट काठमाडौं आएपछि ललितपुर पत्रकार महासंघमा आवद्ध भएको र लामो समय काम गरेको बताए ।
पत्रकार महासंघको केन्द्रिय सदस्य शान्तराम विडारीले महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता वितरणको विवादको सन्दर्भमा केन्द्रमा रहेको नेतासंग डाडुपुन्यु रहेको कारण आफु अनुकूल व्याख्या गरेको कारण समस्या बढेको भन्दै आक्रोस पोखे । केन्द्रमा रहेको नेतासंग डाडु पुन्यु रहेको कारण आफु अनुकूल व्याख्या गरेको भन्दै आक्रोस पोखे । यद्यपी विवाद सम्वादबाट टुंगो लगाउनु पर्ने उनको तर्क थियो ।
प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले अरू पेशामा आवद्ध भएकै कारण सदस्य खारेज नै हुनु पर्ने आवश्यक नरहेको वताए । उनले पत्रकारहरुले अन्य पेशामा आवद्ध हुन पाउनु पर्ने तर पत्रकारिता छोडेको हकमा सदस्यता दिन नहुने तर्क गरे ।
समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले पत्रकािरताको मूल्य र मान्यतालाई अक्षरशः पालना नगर्दा अप्ठ्यारो अवस्थामा आएको बताए ।
शाखाका पुर्व अध्यक्ष लेखनाथ न्यौपाने देशभरका पत्रकारहरू ललितपुरमा आएर सदस्य बन्न पाउने तर्क गरे । उनले भने, ‘हामी अमेरिका गयौं भने त्यहाँको सदस्य बन्न पाउने तर बाहिर जिल्लाबाट आएर ललितपुरमा पत्रकार महास.घको सदस्य बन्न किन नपाउने ?’ उनले प्रश्न गरे ।
उनले महासंघको निर्वाचन नगरि एक बर्ष कार्यकाल लम्बाउने षड्यन्त्र भईरहेको आरोप लगाए ।
शाखा अध्यक्ष सागर न्यौपानेले वक्ताले दिएको सुझाव सहर्ष ग्रहन गरेको भनाई राख्दै पत्रकारिताका समस्या औल्याए ।
गिम्दीमा सडक नपुगेको विषय पत्रकारले लेखेको तर सडक पुगेपछि समाचार लेख्न छोडेको उनको स्विकारोक्ति थियो ।
कार्यक्रममा सहभागी पत्रकार सदस्यभन्दा मञ्चमा अतिथीको भीड देखिन्थ्यो । कार्यक्रममा पत्रकार महासंघ आवद्ध प्रेस सेन्टर आबद्ध पत्रकारहरुको भीड थियो भने मञ्चमा समेत सेन्टरकै अतिथीहरुको बाहुल्य थियो ।
जिल्ला शाखाको अधिवेशनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले शुभारम्भ गरेकी थिइन् । आजै सम्पन्न अधिवेशनले विविभन्न प्रतिवेदनहरु परित गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ४ : ०२ बजे