४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको टिकाभैरव आनन्दवनमा आगलागी (तस्विरहरु)



ललितखबर
१८ वैशाख । ललितपुरको टिकाभैरवस्थित आनन्दवन अस्पताल परिसरमा आज विहानै देखि आगलागी हुँदा अस्पतालमा खैलाबैला मच्चियो । भागावन जंगलमा रहेको अस्पतालमा ९३ जनाभन्दा धेरै कुष्टरोगी विरामीलाई अस्पताल प्रशासनले हत्तार हत्तार नयाँ भवनमा सार्नु पर्ने अवस्था आयो ।


अस्पतालसँगै रहेको बंगरको टहरामाथि जस्तामा आगो बल्न थालेपछि अस्पताल प्रशासन झस्केको हो । अस्पतालले राजधानीका विभिन्न स्थानको दमकल र विपद प्राधिकरणका कर्मचारीले आगो निभाएका हुन् ।


अस्पताल परिसरमा रहेको पानी ट्याकीबाट पानी निकालेर आगो निभाइएको थियो । जंगलमा लागेको आगोका कारण अस्पतालपरिसर धुँवा नै धुँवाले ढाकिएको थियो ।्
लेन्स : ललितखबर

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १ : ५६ बजे