८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘पूजार सार्की’को नयाँ शैली, नयाँ गीतसँगै अभिनेता प्रदिपको चरित्र सार्वजनिक



काठमाडौँ
१८ वैशाख । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पूजार सार्की’ले नयाँ शैली अपनाउदै गीतसँगै अभिनेता प्रदिप खड्काको चरित्र सार्वजनिक गरेको छ ।
गाँउले परिवेसमा निर्माण गरिएको चलचित्र दोस्रो गीत ’रिमै’ बोलको गीत लोकआधुनिक शैली रहेको छ । चलचित्रको निर्माणपक्षले सुमधुर गीतसँगै प्रदिप खड्का पश्चिमेली लबजमा बोलेको संवाद सुन्न सकिन्छ । दृश्यको क्रममा बन्चरो खोसेको गोली चलेको दृश्य पनि राखिएको छ । दृश्यमा अभिनेत्री अञ्जना बराईली गोली लागेर ढलेकी आमा आमा भन्दै रोएको सुनिन्छ ।
प्रदिप खड्का पल शाहलाई मेघजी भन्दै सम्बोधन गर्छन् । तिमीले मेरो विहे गर्दिनौं कि क्या हो ? भनेको संवाद राखिएको छ
लोक लयमा आधारित गीतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।
मंगलबार युट्युबमा सार्वजनिक गीतमा गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली जोडीको रुपमा प्रस्तुत भएका छन् भने प्रदीप खड्का र परीक्षा लिम्ब पनि देखिन्छन् । गीतमा अभिनेता पल शाहलाई पनि देखाइएको छ ।

विकास सुवेदीको लेखन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  २ : २८ बजे