१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोेदावरी नगरभित्र मापदण्ड विपरित र जोखिमपूर्ण प्लटिङ(तस्विरहरु)



ललितपुर
२२ वैशाख । गोदावरी नगरभित्र सयौंको संख्यामा जग्गा प्लटिङ छन् । नगरको गोदावरी, झरुवाराशी,लेले,टिकाभैरुव, छम्पी, डुकुछाप, चापागाँउलगायत विभिन्न स्थानमा मापदण्ड विपरित र भीरमा जोखिमपूर्ण प्लटिङ बिक्रि भइरहेका छन् ।
यहाँका प्लटिङले खोल्सा मिचेर ढल राखेका छन् । राजकुलोमा मापदण्ड अनुसार जग्गा छोडिएको छैन । कतिपय ठाँउमा जंगल अनि सार्वजनिक जग्गा मिलेको भन्दै प्रशासनमा उजुरी दिइएको छ ।


गएको बर्षामा यी प्लटिङ बर्षे भेलका कारण बगाएको थियो । ठाँउ ठाँउमा पर्खाल भत्किएको थियो । तर पनि भूमाफियाले पैसाको बलमा जग्गाको संस्थागत कारोबार गरिरहेका छन् ।
नगरभित्र ठूला बाडी र पहिरो आएको खण्डमा प्लटिङको जग्गा बाडीले बगाउने निश्चित छ ।


नगरपालिकाभित्र सबै जग्गाले मापदण्ड भने मिचेका छैनन् । कतिपय प्लटिङ निमानुसार नै जग्गा छोडेर बिक्रि वितरण भइरहेको छ ।
यद्यपी कानून अनुसार नीजि क्षेत्रले जग्गा एकिकरण र बस्ती विकास योजना बनाउन पाइदैन । जग्गा एकिकरण र बस्ती विकाश गर्नु जरुरी देखिएको खण्डमा शहरी विकाश मन्त्रालयका निकायले जग्गा एकिकरण र बस्ती विकाश आयोजना ल्याएर टाउन प्लानिङ गर्ने गरेको छ । राजधानीमा मनोहरा, नयाँ बजार, भैसेपाटी र नयाँ बजारलगायत स्थानमा बस्ती विकास आयोजना अनुसार जग्गा एकिकरण गरिएको छ ।


घरले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गएको छ । व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल देखिन्छ ।
मापदण्ड पुरा नभएको ठाँउमा समेत जनप्रतिनिधिहरुले जग्गा कित्ताकाटको अनुमती दिइरहेका छन् । यहाँका प्लटिङ दिनानुदिन बिक्रि भइरहेका छन् ।
    

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : ५२ बजे