७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लगनखेलमा ऐतिहासिक सप्तपाताल पोखरी खन्न सुरु



ललितखबर
२७ वैशाख । लगनखेलस्थित सप्तपाताल पोखरी खन्न सुरु भएको छ ।
ललितपुर महानगरले शिव निर्माण सेवासँग ठेक्का सम्झौंता गरेसँगै माटो निकाल्न सुरु भएको हो । ३७ लाख ५० हजार रुपैयाँमा भएको सम्झौतामा सप्तपाताल र पलस्वाँ पोखरीको माटो निकाल्ने र पोखरीको माटो परिक्षणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रमुख रोसनकुमार थापाले जानकारी दिएका छन् ।
ठेक्का सम्झौता अनुसार साउनको ३० गतेसम्म दुई वटा पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परिक्षण प्रतिवेदन समेत महानगरलाई बुझाउनु पर्नेछ ।
ठेकेदार कम्पनीका प्रमुख थापा जेठको अन्त्यसम्म पोखरीको काम पुरा गर्ने योजनका साथ काम भइरहेको बताउछन् ।


उनले बर्षाको समयमा माटो निकाल्ने काम असम्भवप्रायः हुने हुँदा छिट्टै काम सम्पन्न गर्ने दाबी गरे । ९ फिट तलसम्म माटो निकाल्ने योजना आफूले लिएको उनी बताउछन् ।
यस पोखरीको पुनर्निर्माण गर्न ललितपुर महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम सुरु गरेको हो ।
यस पोखरीमा नमूना मच्छिन्द्र स्कूलले अतिक्रमण गरेर भवनहरु बनाएको थियो । पुरातान्विक महत्व रहेको पोखरीमा भवनहरु निर्माण भएपछि पाटनका स्थानीय पूर्ण स्थापितको नेतृत्वमाले रोक्न जोडबल गरे ।
विद्यालय प्रशासनसँग मुद्दामामिलापछि अन्तमा २०७६ असार २३ मा सर्वोच्च अदालतले पोखरी पुर्ननिर्माणको पक्षमा फैसला गरेसँगै ललितपुर महानगर पोखरी निर्माण सुरु गरेको हो ।
पोखरीको पुर्ननिर्माणका लागि २०६६ असार १ मा सप्तपाताल पुनर्निर्माण उपभोक्ता समिति गठन गरी समिति र तत्कालीन उपमहानगरबीच योजना सञ्चालन सम्झौता भयो । तर नमूना मच्छिन्द्र स्कूलले पोखरी बनाउन रोक्न आदेश माग गर्दै पुनरावेदन अदालत पाटनमा रिट दर्ता गरेपछि रोकिएको थियो ।
टेण्डरमार्फत पोखरीको माटो निकाल्न सुरु भएको हो ।


दुवै पोखरीको माटो निकालेसँगै पुरातात्विक प्रविधि प्रयोग गरेर पोखरी पुर्ननिर्माण गरिने स्थानीय किरणकुमार स्थापित बताउछन् । सम्पदामैत्री पोखरी निर्माणका लागि सप्तपाताल पोखरी पुर्ननिर्माण उपभोक्ता समितीमार्फत काम हुने उनी बताउछन् । ‘ठेक्कामार्फत काम गर्दा राम्रो हुँदेन कि भन्ने आशंका छ । त्यसैले उपभोक्ता समितीमार्फत काम गर्न लागिएको हो’ उनले भने । स्थानीय पूर्ण स्थापितको अध्यक्षतामा उपभोक्ता समिती निर्माण गरिएको छ ।
स्थानीय स्थापित नगरपालिकाले अर्पाप्त बजेट विनियोजन गरे एक दुई बर्षमै पोखरी निर्माण हुने बताए ।
पाटन शहरलाई पुर्नजीवन दिन सो पोखरी सहायक सिद्ध हुने निश्चित छ । यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुंगेधारामा बाह्रै महिना पानी झर्ने विस्वास छ ।

लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।

पछिल्लो समय दक्षिण ललितपुरको टिकभैरवबाट राजकुलो हुँदै चापागाँउ, ठेचो सुनाकोठी, ढोलाहिटी हुँदै खुमल्टार वागवानीसम्म राजकुलोको पानी पु¥याइएको छ । यस राजकुलो सातदोबाटो चक्रपथ निर्माणको क्रममा पुरिएको अनि सप्तपाताल पोखरी सुकेसँगै अतिक्रमण बढेको थियो ।
पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशेपानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायतको टोलीले डीपीआर तयार पारेको हुन् ।

 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : ५१ बजे