काठमाडौँ
२८ वैशाख । अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री दिव्या रायमाझीले एकसाथ चलचित्रमा देखिने भएका छन् । आजबाट पोखराबाट चलचित्र‘एक्टर’को छायांकन सुरु गरेसँगै उनीहरुको जोडीको चलचित्र प्रर्दशन हुने भएको हो ।
पोखरास्थित बिन्ध्यवासिनी मन्दिरमा शुक्रबार पूजाआजा गरेपछि चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको पहिलो सट प्रदीप र दिव्याले दिएका छन् । पोखरामा १० दिन छायांकन हुने निर्माता थमन कुमार भण्डारीले जानकारी गराए । त्यसपछि बाँकी छायांकन काठमाडौंमा हुनेछ ।
राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, दिव्यदेव, आना शर्मा, सुशील सिटौला लगायतको अभिनय रहनेछ । र
ाजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गर्न लागेका हुन् । यतिबेला अमेरिकामा रहेका उनी केही दिनमा नै नेपाल ओर्लिँदैछन् । दुई हप्ताअघि हवन यज्ञसहित चलचित्रको शुभ–मुहूर्त गरिएको थियो ।
चलचित्रलाई यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रको सह–निर्माता एनिस भुसाल हुन् ।
अदृत फिल्म्स र मोती फिल्मस्को प्रस्तुति रहेको चलचित्रका छायाँकार नरेन्द्र मैनाली हुन् । चलचित्रमा प्रदीपले कलाकारकै भूमिका निर्वाह गर्नेछन् ।
अभिनेत्री दिव्याको भने यो पहिलो चलचित्र हो । उनी अभिनेता दीलिप रायमाझीकी छोरी हुन् ।
प्रतिक्रिया