१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रातो मच्छिन्द्रनाथको रथ विग्रिएपछि मर्मत गरिदै



ललितखबर
२ जेठ । रातो मच्छिन्द्रनाथको रथ यात्रा क्रममा केही दिनदेखि बाङ्गो देखिएको थियो । गतसोमबार पुल्चोकबाट तान्न सुरु भएको रथ साँझ गावाहालमा एक घरमा धस्सिएपछि बाङ्गो बनेको हो । रथ टेडो अवस्थामा नै यात्रा गरिएको थियो । बाङ्गो रथ जुनसुकै बेला ढल्नसक्ने देखिएपछि मर्मत गर्न लागिएको हो ।
गुठी संस्थान ललितपुरका कर्मचारी राजेन्द्र पोखरेलका अनुसार रथ कोल्टेपरेपछि यावालहरुले आज सिधा बनाएर तान्ने बताएका छन् ।
पोखरेलका अनुसार रथ नराम्रो अवस्थामा भने छैन । उनले गावाहालको एक घरमा धस्सिएपछि रथमा क्षति पुगेको जानकारी दिए ।
मच्छिन्द्रनाथको बजेट निश्चित नहुने उनको भनाई छ । मर्मत सम्भार र निर्माणका क्रममा खर्चको टुंगो अन्तिम अवस्थामा मात्रै निस्कने उनको भनाई छ । रथको यो बर्ष चारै वटा चक्का परिवर्तन गरिएको थियो ।
रथयात्रा हिजो मंगलबार पाटन मंगलबजारबाट तानेर सुन्धारा पु¥याइएको छ । आज रथ मर्मतपछि चक्रबहिल पु¥याइने उनी बताउछन् । उपत्यकाकै लामो जात्राको रुपमा परिचित रथयात्रा एक महिनापछि साइत निकालेर राष्ट्र प्रमुखहरुमाझ भोटो देखाएपछि समापन हुन्छ ।
हरेक बाह्र बर्षमा रथ यात्रा पाटनबाट र बुङमतीसम्म रथयात्रा गरिन्छ । बाह्र बर्षे जात्रा २०८४ सालमा मनाउने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ३५ बजे