१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता अनमोल केसीले बच्चा बेलामा रोएर आँशु सक्किएको सम्झेपछि अभिनेत्री जसिताले खसालिन् आँशु



 

२ जेठ । नेपाली चलचित्रका चर्चित अभिनेता अनमोल केसीले बाल्यकालको दुःखद घटना सार्वजनिक गर्दै बच्चा बेलामा रुदा रुदै आँशु सक्काएको बताएका छन् ।
उनले आफ्ना वावु भुवन केसी र आमा सुस्मिताबीचको सम्बन्ध विछोडको प्रसंग उप्काउदै उनले यस्तो घटना कसैलाई नहोस् भन्ने कामना गरे ।
जीवनको त्यो दुखद घटना पार गरेको सम्झदै अभिनेता केसीले भनेका छन्, ‘त्यो दिन गुजारी सकेको मैले अहिलेका जीवनका समस्याहरु साधारण लाग्छ ।’
अन्र्तवार्तामा अभिनेत्री जसिता गुरुङ पनि सहभागी थिइन् । अभिनेता अनमोलको उत्तर सुनेर केही समय सन्नटा छाएको थिए । अभिनेता अनमोलको त्यो दुखद घटना सेनेपछि सञ्चारर्की भावविह्वल भएको दृश्यमा देखिन्छ । भने अभिनेत्री जसिताले तप्प तप्प आँखु खसालेकी छिन् । अनि टिस्यु कागजले आँखु पुछेकी छिन् ।
अभिनेता अनमेलले पछिल्लो दिनमा वाल्यकालका दुखद क्षणहरु सार्वजनिक गरिरहेका छन् ।
वावुआमाको सम्बन्ध खराव बनेपछि आफूलाई होस्टलमा राखेर पढाइएको र आफू होस्टल जाने बेलामा धेरै रोएको सम्झना गरेका छन् ।
परिवारसँग विछोड भएर एक्लै होस्टल बस्ताका दुखद क्षण उनले अन्र्तवार्तामा सुनाएका हुन् ।
अभिनेता भुवन र सुस्मिताको २०५९ सालमा सम्बन्ध विच्छेद भएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ७ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।