३ जेठ । र्यापर भिटेनको छाडा शव्दले भरिएको म्युजिक भिडियो एक नम्बर ट्रेण्डिङ नजिकै आइपुगेको छ । दुई साताअघि भिजेट म्युजिक नामको च्यानलबाट सार्वजनिक भिडियोमा गम्भिर किसिमका अश्लिल शव्दले भरिएका छन् । उनको भिडियो हाल युट्युवको दुई नम्बर ट्रेण्डिङमा छ ।
उनको भिडियो विहीबारसम्म झण्डै १८ लाख पटक हेरिएको छ भने ११ हजारले कमेन्ट गरेका छन् ।
समय समयमा अश्लिल सामाग्री पस्केको भन्दै विवादमा आउने गायक भिटेनको असली नाम समिर घिसिङ हो । उनले सो भिडियोमा आफैले अभिनदय गरेका छन् भने निर्देशक पनि उनकै छ ।
उनको गीत हेर्दा संर्घष र जीवनमा भोगेका पिडा पोखिएको छ ।
पछिल्लो पुस्ताले अश्लिल र भद्दा किसिमका दृश्य र शव्द रहेको संगीतका सामाग्री हेर्ने दर्शक बढ्दै छ ।
यद्यपी संगीत तथा नाट्य क्षेत्रमा हुने गरेका विकृत सामाग्रीको सरकारी नियमन भएको पाइदैन ।
भिडियोमा धेरैले उनको गीतलाई समर्थन गरेका छन् । केही समर्थकले उनको छाडा शव्दलाई लिएर आपत्ती जनाएको समेत देख्न सकिन्छ ।
३ जेष्ठ २०८१, बिहिबार
412
Shares
प्रतिक्रिया