८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनामा गहना र आइफोन चोरी : किन्ने व्यापारी र चोरीमा संलग्न आरोपी दुबै पक्राउ



काठमाडौं
४ जेठ । ललितपुरको खोकना स्थित एक घरमा कोही नभएको बेला गहना र आइफोन चोरीमा संलग्न र खरिद गर्ने व्यापारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङ्गको घरमा कोही नभएको समयमा सुन चाँदीका गरगहनाहरु, नगद तथा आइफोन चोर्ने दुई व्यक्तिहरुलाई प्रहरीले पक्राउ बिहीबार पक्राउ गरेका हो।
यस्तै चोरी भएका आइफोन र मोबाइल किनबेच गर्ने काठमाडौंको टोखा नगरपालिका घर भई काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने योगेश डाँगी र सप्तरीको सुरुंगा नगरपालिका घर भई काठमाडौंको कलकीं बस्ने मोहम्बर समिर पनि पक्राउ परेका छन्।

चोरीमा संलग्न आरोपी पक्राउ पर्नेमा रामेछाप घर भई ललितपुरको खुमल्टार बस्ने कमल थापा मगर र धनलाल मगर रहेका छन्। उनीहरूले गत वैशाख ७ गतेदेखि ९ गतेको बिचमा उक्त घरबाट सामाग्रीहरु चोरी बिक्री समेत गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ६ घर भई काठमाण्डौँका बुढानिलकण्ठ नगरपालिका ११ कपन बस्ने सुवास सुनार र सोही नगरपालिका ५ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीमा सुन चाँदी पसल संचालन गरी बस्ने रेशम बि.क पनि पक्राउ परेका छन् ।

रमेश र कमलले आफूले चोरी गरेका धनमाल सुवास सुनार र रेशम बि.कलाई बिक्री गरेका थिए। उनीहरूलाई थप कारबाहीका लागि जिल्ला परिसर ललितपुर पठाइएको छ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  १ : ४३ बजे