काठमाडौँ
६ जेठ । अभिनेत्री पूजा शर्मा र कुन्साङको रोमान्स बोमजनबीच रोमान्सले भरिएको चलचित्र ‘दान्भी’को गीत सार्वजनिक भएको छ ।
द्योलखाको सैलुङमा छायाँकन गरिएको गीतमा प्रकृतिको अद्भूत दृश्य समेटिएको छ ।
आगामी असार ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक गरिएको हो ।
गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रदिप प्रखर पोखरेलको शब्द रचना छ । चलचित्रकी मुख्य अभिनेत्री पूजा शर्मा र डेब्यु अभिनेता कुन्साङ बोमजनको रोमान्स देखाइएको छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् । देव मगर र अनुप गडाल निर्माता हुन् । सह–निर्माताहरुमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल छन् । सन्जोग कुवँर रानाको पटकथा÷संवाद तथा रविना थापा मगरको कथा रहेको चलचित्रमा हरिप्रसाद घलेको डीओपी र बन्दे प्रसादको सम्पादन छ ।
पूजाले ‘दान्भी’ मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व निर्देशक र कविराज गहतराज तथा रामजी लामिछानेको कोरियोग्राफी छ ।
youtu.be/mA5v8KPu3CU?list=PLiwqdSEKq2OU8_6fm17VROB_qLEjxh-84
प्रतिक्रिया