१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आजदेखि चलचित्रहरु ‘पूजार सार्की’ र ‘फर्की फर्की’ प्रर्दशन



काठमाडौँ
१० जेठ । नेपालका चलचित्र भवनहरुमा हरेक शुक्रबार नयाँ चलचित्र प्रर्दशन हुने परम्परा रहेको छ । हरेक शनिबार सरकारीलगायत कार्यालयहरु विदा हुने कारण चलचित्र हेर्ने दर्शकको राम्रो प्रभाव हुने गर्दछ ।
तर आज विहीबार बुद्धजयन्तीमो मौका पारेर चलचित्रहरु ‘पूजार सार्की’ र ‘फर्की फर्की’ प्रर्दशन सुरु भएको छ ।
तीन स्टार रहेको चलचित्र ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ प्रर्दशन भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै चलचित्र गरिएको हो ।

च्लचित्र ‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । यस चलचित्रलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा चलचित्र बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता चलचित्र बनाएका थिए ।

सुवास भुसालको निर्माण रहेको चलचित्रमा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् ।
चलचित्र अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।

त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको चलचित्र फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस चलचित्रलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् ।
अनमोलका पछिल्ला चलचित्रले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ७ : ५७ बजे