१० वैशाख । बलिउडका बादशाह शाहरुख खान अस्पताल भर्ना भएका छन् । इन्डिया टुडेका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो । शाहरुखको अभिन्न मित्र अभिनेत्री जुही चावला र उनका पति जे मेहता पनि उनलाई भेट्न अस्पताल पुगेको बताइएको छ ।
अस्पतालले शाहरुखलाई डिस्चार्ज गरिसकेको छ । शाहरुख खानको स्वास्थ्य सामान्य अवस्थामा फर्किरहेको र आइतबार हुन लागेको आईपीएलको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइट राइडर्सलाई सपोर्ट गर्न उनी जाने जुहीले बताएकी छिन् ।
मंगलबार राति बिसञ्चो महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने जुहीको भनाइ छ ।
प्रतिक्रिया