१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त



काठमाडौँ
१० जेठ । बलिउड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो चलचित्र ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् ।
उनले चलचित्रको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले चलचित्र छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म वेलकम टु द जंगलको हिस्सा नबन्ने भएका छन् । सञ्जय दत्तले स्वास्थ्य समस्याका कारण चलचित्र छाडेको बताएको छ । सञ्जय दत्तले केही समयअघि चलचित्रको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले एक दिन मात्रै छायांकन गरेपछि चलचित्र छाडेको बताइएको छ ।

सञ्जय दत्तको चलचित्र ‘वेलकम टु द जङ्गल’मा केही एक्सन दृश्यहरु देखिने थियो तर स्वास्थ्य समस्याका कारण सञ्जयले एक्सन गर्न सकेनन् । निर्माताहरूले अब सञ्जय दत्तको प्रतिस्थापन गर्न शुरु गरेका छन् ।

डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म वेलकम टु द जंगलको घोषणा गरेका थिए । चलचित्रको पोष्टर पनि सार्वजनिक गरिएको छ, जसमा स्टारकास्ट देखिएका छन् । पोस्टरका अनुसार चलचित्रमा अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । चलचित्रलाई अहमद खानले निर्देशन गर्दैछन् ।

२१ डिसेम्बर २०२३ मा अक्षय कुमारले सञ्जय दत्तसँग चलचित्रको सुटिङ गरेका थिए ।

सञ्जय दत्तको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी तेलुगु चलचित्र डबल स्मार्ट, कन्नड चलचित्र, केडी–द डेभिल, पंजाबी चलचित्र शेरन दी कम पंजाबी र हिन्दी चलचित्र बापमा काम गरिरहेका छन् ।

 

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ८ : ४७ बजे