११ जेठ । टेलिचलचित्रबाट उदयकी कलाकार सितादेवि तिमल्सिनाको डेव्यु चलचित्रको रुपमा ‘सानो संसार’को शुभसाइतसँगै छायांकन सुरु गरिएको छ ।
कार्यक्रममा उपस्थित भएका कलाकार केदार घिमिरेले कलाकारको रुपमा आफूले श्रीमतीलाई सहयोग गर्ने बताए ।
अर्जुन कुमारले निर्माण गर्न लागेको चलचित्र यो चलचित्रमा तिमल्सिना शीर्ष भूमिकामा देखिन लागेकी हुन् ।
टेलिचलचित्र ‘सक्किगो नि’मा तामल्सिना चन्द्रमुखी पात्रको रुपमा परिचित छिन् ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा यस चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जना रिसाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहेको बताइएको छ ।
निर्माता कुमारका अनुसार चलचित्रको छायांकन जेठको अन्तिमबाट सुरु हुने बताइएको । चलचित्रलाई काठमाडौं र आसपास छायाँकन हुदैछ ।
११ जेष्ठ २०८१, शुक्रबार
152
Shares
प्रतिक्रिया