१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘नेपहप श्रीपेच २’ मा बालेन शाह निर्णायकको रुपमा नरहने



ललितखबर
११ जेठ । र्याप गीतको रियालिटी शो ‘नेपहप श्रीपेच २’ को दोश्रो सिजनको निर्णायकको रुपमा र्यापर गायक तथा काठमाडौं महानगरका मेयर बालेन शाह नरहने भएका छन् ।
र्याप गायक बालेन शाह नदेखिने भएका हुन् । राजधनीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा छिट्टै शो प्रशारण गरिने रियालिटी शोका निर्देशक निकेश खड्काले जानकारी दिए । असारको अन्तिम साताबाट शो प्रशारण हुने भएको छ ।
अघिल्लो शोमा मानस घले,गिरिस खतिवडा र बालेन शाह निर्णाक रहेकोमा यस सिजनमा बालेनको सट्टा महेश तामाङ दोङ निर्णायकको रुपमा भित्रिएका छन् । दोश्रो सिजनमा गिरिस र मानस निर्णायकमा निरन्तरता दिने भएका छन् ।
काठमाडौका मेयर समेत रहेका बालेन भने केही एपिसोडमा पाहुनाको रुपमा सहभागी हुने निर्माता सुदिप पोख्रेलले बताए । उनले काठमाडौं महानगरको मेयरको जिम्मेवारी लिइरहेका मेयर बालेन कार्यक्रममा सहभागी हुन सम्भव नहुने बताए ।
त्यस्तै कार्यक्रम सञ्चालकको रूपमा सुज्ता श्रेष्ठले नै निरन्तरता पाउने छिन् । दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच –२’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् भने निर्देशकमा निकेश खड्का रहने तय भएको छ ।
‘नेपहपको श्रीपेच’को पहिलो संस्करण लगभग २ वर्ष पहिले सम्पन्न भएको थियो । पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले बाजी मारेका थिए भने सह–विजेताका रूपमा जेनिश क्षेत्रीले आफ्नो नाम लेखाएर दुबई, अस्ट्रेलिया साथै नेपालको विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिई सकेका छन् ।
‘नेपहपको श्रीपेच २’को विजेताले रु १० लाख नगद, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपबिजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।
भने ब्रोड्कास्टिङ्ग पार्टनरको रूपमा टेलिभिजनतर्फ कान्तिपुर टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी रहेको छ । कार्यक्रम असारको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ ।
शोको डिजिटल अडिसन पनि खोलिएको छ ।

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ४ : ०६ बजे