१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


यस्तो छ चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर



१५ जेठ । चलचित्र ‘ईश्वर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका कलाकार द्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ । पोस्टरमा साइकललाई पनि देखाइएको छ ।

नायक पृथ्वी नायिका अनुसँग रोमान्स गर्न साइकलमा चढेर आएको अनुमान लगाउन सकिन्छ । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा राजु गिरीको निर्देशन तथा हरिबहादुर थापाको निर्माण छ । फिल्मको पटकथा भोजराज देवकोटाले लेखेका हुन् । केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो । फिल्म हेर्ने दर्शकले राम्रो रहेको प्रतिक्रिया दिएका थिए । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ ।

फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो । फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मको वितरणको आरआर फिल्मस्ले गर्दै छ । फिल्म साउन ११ बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।