काठमाडौ
१८ जेठ । अभिनेता सुशील श्रेष्ठको नयाँ चलचित्र ‘आउट ल ः दफा २१९’को प्रदर्शन मिति घोषणा गरिएको छ । फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै यस वर्षको असोज ३ गते अर्थात् संविधान दिवसको दिनदेखि चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।
यो चलचित्रको कथा कानुनसँग सम्बन्धित भएकाले पनि प्रदर्शनका लागि संविधान दिवस रोजिएको बुझिएको छ । पोस्टरले सुशील सेनाको भूमिकामा भएको संकेत गर्दछ । चलचित्रलाई विक्की महर्जनले निर्देशन गर्दै छन् ।
निर्देशक महर्जन स्वयंको लेखन रहेको चलचित्रमा सुशीलसहित नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–
निर्मातामा छन् । नविन गुरुङको छायांकन रहेको चलचित्रमा ‘ट्रेलर मास्टर’ साहिल खानको सम्पादन छ भने चुल्ठे काजीको द्वन्द्व निर्देशन छ ।
प्रतिक्रिया