२६ जेठ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको चलचित्रको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । चलचित्रको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए ।
कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
यस्तै, चलचित्रमा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो चलचित्रको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।
चलचित्रका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । चलचित्रमा उनकै लेखक रहेको छ । सोसल–ड्रामा जनरामा बन्ने चलचित्र गन्धर्व परिवारको कथामा आधारित रहनेछ ।
यस चलचित्रलाई अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
चलचित्रमा कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन् ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रको लगानीकर्ता हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।
निर्माण टिमले चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया