काठमाडौँ
४ असार । बलिउड चलचित्र पुष्पा २ को मंसिरको तेश्रो सातामा प्रर्दशन हुने भएको छ ।
बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को प्रर्दशन आगामी ६ डिसेम्बर २०२४ मा प्रदृशन हुने भएको हो । चलचित्रको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा प्रदृशन हुने जानकारी दिएका हुन् ।
निर्माण पक्षले चलचित्रको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले प्रर्दशन मिति परिवर्तन गर्नुपरेको बताएको छ ।
चलचित्रको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै प्रर्दशन भएको चलचित्रको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् ।
रिलिज मिति परिवर्तनले पनि चलचित्रलाई ठूलो नोक्सान पु¥याएको रिपोर्टमा बताइएको छ ।
एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए चलचित्रले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब चलचित्रले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपैयाँसम्म कमाउन सक्ने बताइएको छ ।
यसरी हेर्दा प्रर्दशन मिति परिवर्तनका कारण चलचित्रले करिब ३० करोड घाटा बेहोर्नु पर्नेछ । यदि फिल्म १५ अगस्टमा प्रर्दशन भएको भए ४ दिनको लामो साताको विन्डो पाउने थियो ।
चलचित्र पुष्प २ लाई सुकुमारले निर्देशन गर्दैछन् । पहिलो भाग पनि उनले निर्देशन गरेका थिए । मिडिया रिपोर्टका अनुसार यो फिल्म ५०० करोडको बजेटमा बनिरहेको छ । चलचित्रमा अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिल देखिनेछन् ।
यसअघि २०२१ मा प्रदृशन भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय चलचित्र बनेको थियो । सबै संस्करणहरू सहित, यो चलचित्रले भारतमा ३१३ करोड र विश्वव्यापी रूपमा ३५० करोडको व्यापार गरेको थियो ।
प्रतिक्रिया