१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार



८ असार । नेपाल आइडलका पाँचौ सिजनका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएर भेटघाट गरेका छन् ।
भेटघाटपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आइडल विजेता परियारको गायनको प्रशंसा गर्दै गितार समेत उपहार दिए ।
प्रधानमन्त्री प्रचण्डले साँगेतिक कार्यक्रम हेरेको प्रतिकृया दिदै उनलाई निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन हौसला दिए । उनले परियारले निरन्तर प्रगति गर्दै जाने विश्वास समेत व्यक्त गरेका थिए ।
यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि काठमाडौं महानगरका मेयर बालेन शाहलाई तवला उपहार दिएका थिए । बालेनले पाएको तवलाको विषयमा तत्कालीन समयमा सर्वत्र चर्चा भएको थियो ।
नेपाल आइडलका पाँचौ सिजनका विजेता करण परियारले गत आइतबारको उपाधि पाएका थिए ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ५ : २३ बजे