१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘सामाजिक सञ्जालमा भाइरल भइन्छ कि ?’ भनेर डराउछन् कलाकार



ललितखबर
९ असार । नेपाली कलाकार पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइन्छ कि भन्दै डराउने गरेको तथ्य खुलेको छ ।
राजधानीमा आयोजित एक बहसमा कलाकारहरु आफ्ना भनाई भाइरल नगराई दिन र विवादमा नल्याउन अनुरोध गर्दै डराई डराई बोलेका छन् ।
कलाकार सरिता लामिछानेले कार्यक्रममा बोल्ने क्रममा आफूलाई विवादमा नल्याउन सञ्चारकर्मी तथा पत्रकारहरुसँग पटक पटक अनुनयविनय नै गरिन् । उनले आफू विवादमा आउन खोजेको चाही हैन है भन्दै बोलिन् । भनिन्, ‘सञ्चारकर्मी साथीहरु सानो सानो क्लिप बनाएर सामाजिक सञ्जालमा भिडियो चाहि नहाल्दिनुस् है ।’

अभिनेत्री गौरी मल्ल महिला कलाकारहरुले लिने पारिश्रमिकबारे बहसमा बोल्नै चाहिनन् । उनले विवादमा आउने सम्भावना देखेर हुनसक्छ । बहसको बीचमा ‘म किन बोल्ने भन्दै हच्किइन् ।’ अभिनय क्षमताको आधारमा चर्चा नभएको बहस गर्ने कलाकारहरु नै क्षमता अनुसार पारिश्रमिक लिनुपर्ने विषयमा भाइरल हुने डरले बोल्नै सकेनन् ।
‘बदनाम होस तर गुमनाम नहोस्’ भन्दै आफूलाई जे जस्तो अवस्थामा पनि चर्चामा आउनु गलत रहेको भन्दै अभिनेत्री गौरी मल्लले प्रतिवाद गरिन् । सही तरिकाले चलचित्रमा प्रस्तुत भएर भाइरल हुनुभन्दा बरु गुमनाम भएकै राम्रो हुने उनको धारणा राखिन् । ‘यसरी आज भाइरल भए पनि भोलि कसैले सम्झदैन । राम्रो काम गरे युग युगसम्म नाम रहन्छ ।’ उनले भनिन् ।
चलचित्र निर्देशक संगीता श्रेष्ठले सञ्चार माध्यमहरुमा महिला कलाकारको सुन्दरताको ज्यादै चर्चा हुने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन् । महिला कलाकारहरुको अभिनय क्षमता र योग्यताको दृष्टिबाट जर्ज गर्नुपर्ने बताइछन् । महिला कालाकारलाई एउटा राम्रो बस्तुको रुपमा लिइने गरेको तर पुरुषलाई हिरोको रुपमा लिदै फाइट नृत्यको चर्चा हुने गरेको उनको भनाई छ ।
चलचित्र निर्देशक संगीता श्रेष्ठ सञ्चारमाध्यमहरुले ठूलो पर्दामा काम गर्ने कलाकारहरुलाई ज्यादा ठाँउ दिएको दुखेसो पोखिन् ।
कलाकारहरुमा पनि छोटो समयसम्म भइरल हुने भोक जागेकोतर्फ संकेत गर्दै उनीहरु चाँडै कलाकारिता क्षेत्रबाट हराउने गरेको निर्देशक श्रेष्ठले अनुभव बाँडिन् ।

गायिका निशा देशार भने सञ्चार माध्यमले भन्दा पनि सामाजिक सञ्जालले समाजलाई डोहो¥याइरहेको र समाजलाई विकृत बनाइरहेको बताइन् । गायिका निशा देशारले बाटोमा गाइरहेका वालकहरुलाई सामाजिक सञ्जालले भाइरल बनाइरहेको र ती वालवालिकाहरु शिक्षा दिक्षा र अनुभव दिनुपर्ने बताइन् ।

सामाजिक सञ्जालको आडमा भाइरल बनेका वालवालिकाहरुमा घमण्ड पलाएर पढ्न नसक्ने र क्षमता र अनुभवको कमीले जीवन नै बर्वाद हुने भन्दै सामाजिक सञ्जालको प्रभाव अनुचित रहेको धारणा राखिन् ।
अभिनेत्री गौरी मल्लले सञ्चारमाध्यमहरुमा आइरहेका गसिपको प्रतिवाद गरिन् । राम्रो काम गर्दै जानुपर्ने तर सञ्चार माध्यमहरुमा भाइरल हुने कृयाकलाप गरे वास्ता गर्नु नहुने बताइन् ।
चलचित्र निर्देशक श्रेष्ठले कलाकारहरुलाई भाइरलको पछाडि नलाग्न सल्लाह दिइन् । उनले भनिन्, ‘छोटो समयमा भाइरल भएर हराउने होइन । राम्रो र प्रभावकारी काम गरेर समाजमा छाप छोड्न सक्नुपर्छ । अनि लामो समयसम्म कलाकारलाई समाजले चिन्छन् ।’
अभिनेत्री गौरी मल्ल र गायिका निशा देशारको उदाहरण दिदै राम्रो काम गरेर निरन्तर चर्चामा रहन सफल रहेको निर्देशक श्रेष्ठको भनाई थियो ।

प्रकाशित मिति : १० असार २०८१, आइतबार  ५ : २५ बजे