५ भदौ २०८३, शुक्रबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाँकालका विपन्न नागरिकको गाँउपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने



ललितखबर
१४ असार । दक्षिण ललितपुर अन्र्तगत महाँकाल गाँउपालिकाले विपन्न नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
नयाँ आर्थिक बर्ष २०८१ ८२ को कार्यक्रम अनुसार यहाँका विपन्न स्थानीयबासीलाई गाँउपालिकाले प्रिमियम तिर्ने भएको हो ।
पालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टका अनुसार वडा कार्यलयको सिफरिसमा विपन्नको स्वास्थ्य विमा गर्ने योजना रहेको बताए । उनले भने, ‘विमा अन्र्तगत लाग्ने ३ हजार ५ सय रुपैयाँ गाउपालिकाले तिरिदिनेछ ।’
गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२ का लािग ४६ करोड ४१ लाख ७ हजार ३ सय ५० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपप्रमुख डोल्मा माया गोलेले गत सोमबार बजेट सार्वजनिक गरेकी छिन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।