२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर ठैबमा हैजा संक्रमित दुई जना सम्पर्कमा, एक जना अझैं फरार



ललितखबर
१८ साउन । ललितपुरको गोदावरी क्षेत्रमा हैजा संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका तीन जना फरार भएकोमा दुई जना सम्पर्कमा आएका छन् भने एक जना अझैं सम्पर्कविहीन भएको खबर छ ।
स्वास्थ्य कार्यालयकी हैजा संक्रमणको जिम्मेवारी सम्हालिरहेकी कर्मचारी गिता आचार्यका अनुसार उनीहरु टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका थिए । सुधार गृहमा बसेर उपचार गराई रहेका उनीहरु अस्पताल पुगेपछि भागेका थिए । सिभिल अस्पतालमा उपचार गरेर स्वास्थ्य कार्यालयको सम्पर्कमा आचार्य बताउछिन् ।
उनकाका अनुसार गोदावरी नगरपालिका १४ ठैवस्थित एक सुधारगृहका ८ जनामा हैजा पुष्टि भएको थियो भने ललितपुरको ग्वार्कोमा समेत एक जनामा हैजा देखिएको थियो ।
हैजा देखिएपछि स्थानीय खानेपानी वितरण प्रणालीमा कोलिफाम देखिएको थियो । सुधारगृहको इनारमा समेत कोलिफाम देखिएकोे थियो । पछिल्लो समय भने पानीको परिक्षण गर्दा कोलिफाम नभेटिएको उनको भनाई छ ।

हैजा संक्रमित र सुधार गृहको नाम स्वाथ्य कार्यालयले गोप्य राखेको छ ।
ललितपुरका सबै खानेपानीको परिक्षण हुने
जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले तत्काल जिल्लाका सबै खानेपानी परिक्षण गर्ने निर्णय गरेको छ । परिक्षणको रिपोर्टपछि थप काम कारवारी गर्ने बैठकको निर्णय गरेको हो ।

 

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।