६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


देशभर चलचित्र मोदीबेनी र शिरफूल प्रर्दशनमा



ललितखबर
१८ साउन । आज शुक्रबारदेखि देशभरका चलचित्र भवनहरुमा चलचित्र मोदीबेनी र शिरफूल प्रर्दशन सुरु भएको छ ।

च्लचित्र शिरफूल कमल एक्चै मगरको निर्देशन निर्माण गरिएको हो भने मोदीबेनी शङ्कर कोइरालाले निर्देशन गरेका छन् ।
च्लचित्र मोदीबेनीको गतब’धबार प्रिमियर आयोजना गरिएको थियो । प्रिमियरमा सहभागी पाहुना बनेर पुगेका कलाकार र चलचित्रकर्मीहरुले राम्रो भन्दै प्रतिकृया दिएका थिए ।

चलचित्रमा वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठसँगै अभिनेत्री रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।
केहि बर्ष अघि निर्माण भएको यस चलचित्र आदिवासी जनजाति महिलाहरुले लगाउने एक प्रकारको सुनको गहना ‘शिरफूल’लाई लिएर चलचित्रको शिर्षक चयन गरिएको छ ।
चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगरलगायतको अभिनय रहेको छ।

 

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।