९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


२० जना कमेडिनले जागिर पाउने



काठमाडौँ
२५ साउन । नेपाली टेलिभिजनहरुमा विभिन्न कमेडी शो र प्रतिश्पर्धाहरु सञ्चालन भइरहेका छन् । कतिपय कमेडी प्रतिश्पर्धाले लाखौं रुपैयाँसँगै कार पुरस्कार दिइरहेका छन् ।
तर पछिल्लो समय कमेडी प्रतिश्पर्धीलाई पुरस्कार होइन जागिर दिने योजना सहित हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ’कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ।
राजधानी काठमाडौँमा रहेको जनता टेलिभिजनबाट प्रशारण हुने सो कार्यक्रममा अडिसनमार्फत छानिएका २० जना कमेडिनलाई एक बर्षसम्म तलव दिने घोषणा गरिएको छ ।
देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगीबाट टप २० छान्ने र उनी हरुलाइ १ बर्षको लागि दिइरहेका दिने कार्यक्रम प्रमुख समान अधिकारीले बताए ।
मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए । चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यस बाट प्रखर कमेडियन उत्पादन हुने उनको भनाई छ । आजैबाट डिजिटल अडिसन सुरु भएको छ। डिजिटल अडिसनको २ मिनेटसम्मको भिडियो बनाएर व्हाट्स एप मार्फत पठाउन सक्नेछन् ।

बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम कम्पिटिसन होइन। कमेडी फर करियर भन्ने नारा सहित ’कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन र म्युजिक नेपालको यु ट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।
कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए।
कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन्।
कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्।
लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : १५ बजे