३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सम्झना कृषि सहकारीद्वारा एसईई उतिर्ण विद्यार्थीलाई एक हजार रूपैयाँको शेयर उपहार



ललितखबर
२८ साउन । ललितपुर चापागाँउमा केन्द्रीय कार्यालय सञ्चालन गरेर कारोबार गरि रहेको सम्झना कृषि सहकारी संस्थाले एसईई उतिर्ण आफ्ना सदस्य का छोरा छोरीलाई १ हजार रूपैयाँ बराबरको शेयर सदस्य उपहार दिएको छ ।
संस्थाको १२औं बार्षिकोत्सव को अवसर पारेर ४३ जना सदस्यलाई निशुल्क शेयर सदस्य वितरण गरेको कार्यकारी अधिकृत पुरुषोत्तम हुमागाईले जानकारी दिएका छन् । सदस्य विस्तार र विद्यार्थीहरूको नियमित बचत गर्ने बानी बसालेर आर्थिक गतिविधि बढाउन निशुल्क शेयर वितरण गरेको हुमागाईले बताएका छन् ।
शेयर वितरण गरेपछि संस्थाका अध्यक्ष चुडाप्रसाद  घिमिरेले विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि सहकारीले सहयोग गर्ने वचन दिए ।

बाल दिवसको अबसर पारेर वालवािलकाहरूका लागि संस्थाले बिशेष कार्यक्रम ल्याउने अध्यक्ष घिमिरेले उद्घोष गरेका छन् ।
अध्यक्ष घिमिरेले सहकारीको अवस्था राम्रो रहेको दाबी गर्दै ८० प्रतिशत महिलाहरू सदस्य रहेकाले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारीमा २ हजार ८ सय ३१ जना शेयर सदस्य रहेका छन् । सहकारीले दक्षिण ललितपुरका कृषकहरुको कृषि उपजको उत्पादकत्व बृद्धि र बजारीकरणको क्षेत्रमा लगानी गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।