काठमाडौ
१७ भदौं । ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।
प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए ।
प्रतियोगिताको फिनालेमा अमिता दोङ, सुयोग तामाङ र रञ्जिता तामाङ निर्णायक थिए ।
प्रतिक्रिया