९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अध्यक्ष दिनेश डिसी भन्छन्–भ्रष्टाचार गरेको भेटिए ५ मिनेटभित्रै गेटबाट निकाल्छु



१७ भदौ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश दाहालले बोर्डका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोग लागेको ३० मिनेटभित्रै पदमुक्त गर्ने चेतावनी दिएका छन्।

भ्रष्टाचार गरेको महशुस भएको खण्डमा आधा घण्टाभित्र पदबाट हटाउने र प्रमाणित भए ५ मिनेटभित्रै गेटबाट बाहिर निकाल्ने बताए। सोमबार चलचित्र विकास बोर्डको नेतृत्व सम्हालेपछि कुरा गर्दै उनले आफूले गरेको सो निर्णयमा प्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्रीहरु कसैले भने पनि नमान्ने बताए।

उनले आफू काम गर्नका लागि चलचित्र विकास बोर्डमा आएकाले अन्तर्वार्तामा समय खेर नफाल्ने र सय दिनपछि मात्रै अन्तर्वार्ता दिने बताए। उनले सात दिनभित्र आफ्ना कार्ययोजना प्रश्तुत गर्ने पनि बताए।

कार्यक्रममा कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल लगायतले सबैकुरा बुझेको व्यक्ति चलचित्र विकास बोर्डको नेतृत्वमा आएकाले चलचित्र क्षेत्रले परिवर्तनको महशुस गर्ने विश्वास व्यक्त गरे। कलाकार दीपकराज गिरीले चलचित्र क्षेत्रमा बुझाईको हिसावले सही व्यक्ति नेतृत्वमा आएको र सही स्थानमा आएको बताए। कलाकार केदार घिमिरेले सबै सीप र क्षमता भएको व्यक्ति नेतृत्वमा आउँदा चलचित्र क्षेत्रमा केही नयाँ परिवर्तन हुने विश्वास व्यक्त गरे। चलचित्र क्षेत्रमा केही परिवर्तन आउनुपर्ने बताए।

कलाकार जितु नेपालले उपस्थित अन्य कलाकारहरुले अध्यक्ष दाहाललाई सफल कार्यकालको शुभकामना दिए।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १२ : ०८ बजे