१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्रमा अभिनय गर्न चाहन्छन् बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी



काठमाडौँ
२५ भदौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली चलचित्रमा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको चलचित्र सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले एक पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली चलचित्रमा काम गर्ने बताएका हुन् । नवाजले आफुले नेपाली चलचित्रमा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।

उनले भने– ’म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट चलचित्र बनेको छ । यस्तो चलचित्र बनाउन ठुलो सहास चाहिन्छ । चलचित्रमा पेमाको अभिनय निकै उत्कृष्ट छ । चलचित्रबको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफुले न्यानो आतिथ्य पाएको बताउदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।