६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्रमा अभिनय गर्न चाहन्छन् बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी



काठमाडौँ
२५ भदौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली चलचित्रमा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको चलचित्र सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले एक पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली चलचित्रमा काम गर्ने बताएका हुन् । नवाजले आफुले नेपाली चलचित्रमा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।

उनले भने– ’म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट चलचित्र बनेको छ । यस्तो चलचित्र बनाउन ठुलो सहास चाहिन्छ । चलचित्रमा पेमाको अभिनय निकै उत्कृष्ट छ । चलचित्रबको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफुले न्यानो आतिथ्य पाएको बताउदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ३ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।