६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड चलचित्र स्त्री–२ का कमाई भारु ५८० करोड १८ लाख



लचित्रले अहिले पनि राम्रो कमाई गरिरहेको र ६०० करोड क्लबमा सामेल हुनसक्ने

काठमाडौँ
३१ भदौं । बलिउड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म चलचित्र स्त्री–२ ले भारु ५८० करोड १८ लाख कमाई गरेको छ ।

चलचित्र विश्लेषक तरण आदर्शका अनुसार चलचित्रले प्रर्दशनको पाँचौं सातासम्म भारु ५८० करोड १८ लाख कमाएको जानकारी दिएका छन् । चलचित्रले अहिले पनि राम्रो कमाई गरिरहेको र ६०० करोड क्लबमा सामेल हुनसक्ने आदर्शले उल्लेख गरेका छन् ।

करिब भारु ५० करोडको लागतमा बनेको यो चलचित्रले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो ।

अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।