३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मायावी’ तिहारमा प्रर्दशन गर्ने निर्णयबाट पछि हट्यो



यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा चलचित्र पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो

 

काठमाडौँ
१ असोज । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाइँको अभिनित चलचित्र ‘मायावी’ को तिहारमा प्रर्दशन गर्ने निर्णयबाट पछि हटेको छ ।
यस अघि कात्तिक १५ गते (लक्ष्मीपूजा) मा प्रदर्शन हुने भनिएको मायावी अब पुस २६ गते प्रदर्शन हुने भएको हो ।

 

‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली चलचित्र ‘एक्टरः टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ थपियो

यो मितिमा नेपाली र विदेशी गरी लगभग ५ वटा चलचित्र पुगेपछि ‘मायावी’ को प्रदर्शन मिति सारिएको हो ।

चलचित्रका निर्देशक दिवाकर भट्टराईले दुवै चलचित्रलाई शुभकामना दिदै मार्ग प्रसस्त गरेको र मायावी पुस २६ गते प्रर्दशन हुने जानकारी दिएका छन् ।

‘मायावी’ले प्रदर्शन मिति घोषणा गर्दा लक्ष्मीपूजामा नेपाली चलचित्र ‘एक्टरः टेक वान’ आउने निश्चित थियो तर पछि अर्को नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ थपियो ।

पल अभिनित रावायण बक्स अफिसमा फ्लप भएपछि निर्माताले तत्कालका लागि मिति पछि सारेको विश्लेषण गरिएको छ । अब यो चलचित्र पुष २६ मा मायावी अर्को चलचित्र कार्साङ्सँग भिड्ने भएको छ ।

दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्रको निर्मातामा राज कटुवाल, चन्द्र पन्त र ध्रुव न्यौपाने छन् । यसमा प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ लगायतको पनि अभिनय छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ४ : ५८ बजे