३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खुस्मा’को प्रिमियरमा सहभागीले गरे तारिफ



निर्देशक तथा कलाकार निश्चल बस्नेतले निर्देशक अशोक थापामगरको चलचित्र हेरेपछि कामको तारिफ गरे

ललितखबर
२ असोज । राजधानीको कमल पोखरीस्थित एक चलचित्र भवनमा मंगलबार ‘खुस्मा’को विशेष शो(प्रिमियर) गरिएको छ ।
चलचित्र भवनमा कलाकार, राजनीतिकर्मी, पत्रकार एंव सञ्चारकर्मी र शुभेच्छुकहरुमाझ चलचित्र प्रर्दशन गरिएको हो ।
चलचित्र हेरेपछि अधिकाशं कलाकार तथा राजनीतिक नेताहरुले ‘राम्रो’ भएको प्रतिकृया दिएका छन् ।
राप्रपा नेता ज्ञानेन्द्र शाहीले चलचित्र हेरे आफ्नै कथा हेरेको जस्तो अनुभव सुनाए । उनले चलचित्र दस्तावेजको रुपमा व्याख्या गर्दै सबैलाई चलचित्र हेर्न अनुरोध गरे ।
निर्देशक तथा कलाकार निश्चल बस्नेतले निर्देशक अशोक थापामगरको चलचित्र हेरेपछि कामको तारिफ गरे । कलाकारहरुको अभिनयमा टिप्पणी गर्दै अभिनेत्री उपासनासिंह ठकुरीले अझ राम्रो अभिनय गर्न सक्ने औल्याए ।
अभिनेता सलिनसिंह बानियाले चलचित्र हेरेर निराश र दुखद क्षणको अनुभव गर्न पाएको प्रतिकृया दिए । चलचित्रका अभिनेत्री उपासना र धिरजको जोडी उनले मन पराएको बताए ।
निमात्री तथा निर्देशक रेनिशा राई राणाले अभिनेता धिरजको अभिनयको प्रसंशा गरिन् । उनले धिरजले गाँउले चरित्रमा न्यानपूर्ण अभिनय गरेको बताइन् ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

चलचित्रमा अभिनेता धिरज मगर र अभिनेत्री उपासनासँगै माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतको अभिनय छ ।

चलचित्रमा २०५२ सालपछि पश्चिम नेपालको रुकुम मैकोट आसपास घटेको युद्धको कथालाई विषयबस्तुको रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । चलचित्रमा दिपक बज्राचार्यको छायांकन रहेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ६ : ०२ बजे