७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘स्त्री–२’ ले भारतीय बक्स अफिसमा धेरै कमाई गर्ने दोश्रो चलचित्र



बलिउड चलचित्रको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री– २ दोस्रो चलचित्र हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा प्रर्दशन भएको चलचित्र जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो

काठमाडौँ
७ असोज । चलचित्र ‘स्त्री–२’ ले प्रर्दशनको छैटौं सातापछि आइतबारसम्म ६०४ करोड २२ लाख कमाई गरेको छ ।

चलचित्र विश्लेषक तरण आदर्शका अनुसार बलिउड चलचित्रको इतिहासमा ६०० करोड कमाई गर्ने स्त्री– २ दोस्रो चलचित्र हो । यस अघि शाहरुख खानको २०२३ को सेप्टेम्बरमा प्रर्दशन भएको चलचित्र जवानले ६४३ करोड ८७ लाख कमाई गरेको थियो । जवान अहिलेसम्म भारतीय बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र हो । त्यस्तै स्त्री–२ पछि रणवीर कपुरको एनिमलले ५५६ करोड ३६ लाख कमाई गरेको थियो ।

करिब ५० करोडको लागतमा बनेको स्त्री–२ ले पहिलो दिनमा नै आफ्नो लागत उठाएको थियो । अमर कौशिकले निर्देशन गरेको स्त्री–२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

 

बलिउड चलचित्र स्त्री–२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । अहिलेसम्म फिल्म स्त्री–२ ले भारतीय बक्स अफिसमा ६०० करोड पार गरेको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ४५ बजे