१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘आँखा’ ट्रेलर समिक्षा : नयाँ दर्शकलाई हलसम्म तान्ने चलचित्र



सुकुम्बासी बस्तीको अध्यारो पाटो देखाउन सिनेमेट्रोग्राफर ले धेरै दृश्यमा अध्यारोमै खिचेका छन् । पार्शसंगीले दुःखद क्षणलाई प्रतिनिधित्व गरेको छ

ललितखबर
९ असोज । पछिल्लो समय थोरै चर्चा भएको चलचित्र ‘आँखा’को ट्रेलर युट्युवमा सार्वजनिक भएको छ ।
चलचित्र ‘आँखा’ मा भूईमान्छेको कथा व्यथा रहेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । राजधानीको थापाथलीको सुकुम्बासी बस्तीबाट सुरु हुने टे«लर यहाँकै जीवनमा आधारित रहेको छ ।
सबैभन्दा पहिले स्टारकास्टको कुरा गरौं
यही असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आँखा’ लाई जौन योन्जनले लेखन तथा निर्देशन गरेका छन् ।

रंगमञ्चका अनुभव प्राप्त गरेका अधिकाश कलाकार चलचित्रको टेलरमा देख्न सकिन्छ । मुख्य चरित्रमा स्मिता लामिछाने र आरके मेहेता देखिन्छन् । चलचित्रमा अभिनेत्री निशा अधिकारी, सरोज खनाल,बुद्धि तामाङ, विजय बराल पशुपति राई, प्रविण खतिवडा, लुनिभा तुलाधरलगायत चिर परिचित कलाकारले पनि अभिनय गरेका छन् ।
च्लचित्रको प्राविधिक र गीतसंगीतले पनि कथा भन्नेशैलीलाई सहयोग नै गरेको छ ।
सुकुम्बासी बस्तीको अध्यारो पाटो देखाउन सिनेमेट्रोग्राफर ले धेरै दृश्यमा अध्यारोमै खिचेका छन् । पार्शसंगीले दुःखद क्षणलाई प्रतिनिधित्व गरेको छ ।
चलचित्रमा खुशी त त्यसै हारि गो बोलको गीतलाई चलचित्रको कथा भन्ने संगीतमय शैलीको रुपमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरेको छ ।
डकुड्रामामा आधारित चलचित्र आँखामा सुकुम्बासी बस्तीमा दैनिक दृश्य समेटिएको छ । बस्तीका हिलाम्मे सडक,अध्यारा कोठा, फोहोर, पानीको अभाव र निम्न बर्गीय जमातको जीवनशैली उतारिएको छ ।

 

डकुमेन्टीको आधारित चलचित्र स्लो लाग्न पनि सक्छ । चमकधकम र फिल्की मसला मिसिएको चलचित्र हेर्ने बासी परेका नेपाली दर्शकले यो चलचित्र मन पराउछन् नै भन्न सकिन्न

ट्रेलरमा ठूला घरमा बस्ने उपल्लो बर्गमा छिमेकीले सुकुम्बासी बस्तीमा बस्ने स्थानीयहरुलाई हेला गरिरहेको दृश्य देखिन्छ । जीवन जिउन सुकुम्बासी बस्तीमा संर्घषको पाटोलाई चलचित्रमा समेटिएको छ ।
ट्रेलरमा मधेसी समुदायको व्यथा पनि छ । सरकारी पक्षले गरेको थिचोमिचो चलचित्रको एउटा हिस्सा बनाइएको छ । ट्रेलरमा सुकुम्बासी बस्तीको राजनितिकरणको छनक भेटिन्छ ।
टेलर हेर्दा समाजको एउटा बर्गको बास्तविकता देखाइएको छ । सधै चलचित्रको पर्दामा हिरो र हिरोएनको रोमान्स हेर्नेहरुका लागि यो चलचित्र मन नपर्न पनि सक्छ । तर चलचित्रले समाजको नयाँ दर्शकका लागि फरक चलचित्र ल्याएको भान हुन्छ ।
बस्तीमा देखिने अभाव र कष्टकर जीवनशैलीलाई बास्तविक ढंगले निर्देशक योन्जनले वास्तविक झैं देखाएको अनुमान गर्न सकिन्छ ।
बर्गीय पक्षबाट चलचित्रको कथा भन्न खोजिएको तर बस्तीको यतार्थलाई क्रिटिकल रुपमा चलचित्र नबनेको पनि हुन सक्छ । डकुमेन्टीको आधारित चलचित्र स्लो लाग्न पनि सक्छ । चमकधकम र फिल्की मसला मिसिएको चलचित्र हेर्ने बासी परेका नेपाली दर्शकले यो चलचित्र मन पराउछन् नै भन्न सकिन्न । तर नेपाली चलचित्र हेर्न नयाँ वर्गलाई हलसम्म भने यस्ता चलचित्रले पक्कै पनि सहयोग गर्नेछन् ।

 

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ४८ बजे