२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेता गोविन्दालाई गोली लाग्यो



उनलाई तत्काल आइसियूमा भर्ती गरिएको थियो

१५ असोज । बलिउड अभिनेता गोविन्दालाई गोली लागेको छ ।
उनलाई आफ्नै बन्दुकबाट गोली लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्येख गरेका छन् । भारतीय मिडियाका अनुसार, आफ्नो बन्दुक सफा गरिरहेको समयमा गोविन्दालाई गोली लागेको बताइएको छ ।

आज बिहान ५ बजे बन्दुक सफा गरिरहेको अवस्थामा गोविन्दालाई खुट्टामा गोली लागेको उनलाई तत्काल आइसियूमा भर्ती गरिएको थियो ।

उनी अहिले कृती केयर अस्पतालमा आराम गरिरहेका छन् । उनी खतरामुक्त रहेको सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।