३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


वर्षको एक दिन मात्र खुल्ने तलेजुमा दर्शनार्थीको भिड



२५ असोज । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक दिन मात्र खुल्ने तुलजा (तलेजु) भवानी मन्दिरमा आज शुक्रवार बिहानै देखि दर्शनार्थीको भिड लागेको छ।
साक्षात् देवीको रूपमा पुजिने तुलजा भवानीको दर्शन गर्न सर्वसाधारणलाई वर्षको एक दिन अर्थात् महानवमीको दिन मात्र प्रवेश गर्न दिइन्छ।

इतिहासमा उल्लेख भए अनुसार कान्तिपुरका तत्कालीन मल्ल राजा प्रताप मल्लले तुलजा भवानी सँग पासा खेल्ने गर्दथे। तुलजा भवानीलाई मल्ल राजाहरूको कुलदेवीको रूपमा समेत पुजिन्छ।
तुलजा भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबार स्थित मूलचोकमा राखिएको छ। तुलजालाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने छ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ।

← Back

Thank you for your response. ✨

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ९ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।