२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यदशैंमा भैसेपाटीमा भिषण आगलागी



२९ असोज । हिन्दुहरुको महान चाड बडादशैं चलिरहेको अवस्थामा ललितपुरको भैसेपाटीमा करेन्ट लागेर भिषण आगलागी भएको छ ।
प्रहरीले ललितपुर महानगरपालिका १८ भैसेपाटी पाखागाउँमा विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ ।
ललितपुर प्रहरीका अनुसार भैसेपाटीको सो ठाँउमा रहेको सिराहा घर भएका निश्चल थापाको टहरोमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा टहरो पूर्णरूपमा जलेर नष्ट भएको हो र
आगलागीपछि करिब ५ लाख ९५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।