१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलहरुले शो नदिएको भन्दै उतारेर ओटिटिमार्फत प्रर्दशन गर्ने घोषणा



 

३० असोज । चलचित्र ‘बेहुली फ्रम मेघौली’ का निर्माता तथा अभिनेता निश्चल बस्नेतले चलचित्रलाई हलबाट उतारेर ओटिटि प्लेटफाममार्फत प्रशारण गर्ने घोषणा गरेका छन्
। चलचित्र हलहरुले चलचित्रका दर्शकको माग हुँदा हुँदै शो नदिएको गुनासो गर्दै निर्माता बस्नेतले उतार्ने निर्णय गरेको सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

उनले हलमा हेर्ने सबै दर्शकहरूलाई धन्यवाद दिदै सम्मानजनक शो उपलब्ध गराएको भन्दै क्यूएफएक्स सिनेमाजलाई चाँही धन्यवाद दिएका छन् ।

बस्नेतले यसअघि पनि आफ्नो चलचित्रलाई दर्शकको राम्रो साथ र उच्च अकुपेन्सी हुँदासमेत पर्याप्त शो नदिएको स्मरण गरेका छन् । उनले हिन्दी चलचित्रलाई अकुपेन्सी नभए पनि बढी शो दिइएको भन्दै बताउदै आएका छन् ।

यसअघि उनले हलको विकल्प खोज्ने घुर्की लगाएका थिए । बस्नेतले चलचित्रलाई नयाँ ओटीटी प्लेटफर्म एमएसएम भिडियोमार्फत दर्शकहरूसँग चाँडै भेट्ने योजना रहेको बताएका छन्।

‘बेहुली फ्रम मेघौली’ को वितरण कम्पनी डिसिएनका अध्यक्ष अशोक शर्माले हलहरूले अकुपेन्सी हुँदासमेत पर्याप्त शो नदिई हिन्दी चलचित्रलाई प्राथमिकता दिएकोमा बताएका थिए ।
केही समयअघि चलचित्र दिमाग खरावलाई पनि यसअघि अकुपेन्सी हुँदा हुँदै बराबर हिस्सा माग गरेपछि निर्मातालाई ५० प्रतिशत हिस्सा दिन हल मालिकहरु सहमत भएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।